
पथरी । क्यान महासघ मोरङको नयाँ कार्य समिति चयन भएको छ । महासंघको पाचौ साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनबाट प्रविन कुण्डलिया अध्यक्षतामा नय समिति गठन भएको हो ।
विराटनगर स्थीत इन्द्रेणी पार्टी प्यालेस सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा सौरभ गोल्छा सचिव अजिप चापागाईं सहसचिव प्रकाश उप्रेती कोषाध्यक्ष सुजित झा र सदस्यहरुमा डम्बर राई, नविन यादव, आशिष धनावत, रतन पारख सर्बसम्मत चयन भए ।
क्यान महासघ मोरङबाट महाधिवेशन प्रतिनिधिमा केन्द्रका लागि निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद यादवलाई पठाउने सर्वसम्मत रुपमा पठाउने निर्णय भएको नव निर्वाचित समितिका सदस्य डम्बर राईले जानकारी गराए ।




