
पथरी । टयाक्टर दुरघटना हुदा २ जनाको ज्यान गएको छ । उदयपुरको त्रियुगा नगरपालिका १५ छाम्लिङमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको हो ।
दुर्घटनामा परेर ट्याक्टरमा सवार उदयपुर रौतामाई गाऊपालिका ६ बस्ने १८ बर्षीय शिवराज घिमिरेको घट्नास्थलमै मृत्यु भएको थियो ।
दुरघटनामा परि घाइते भएका त्रियुगा नगरपालिका ३ मिलन चोक बस्ने ३५ बर्षीय पुरूषोत्तम कार्की उपचारको क्रममा बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २३ गते बेलुका ५ बजेको समयमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकार िदिएको छ ।
ट्याक्टर चालक रौतामाई गाऊपालिका ४ बस्ने २३ बर्षीय सरोज आचार्य, त्रियुगा नगरपालिका ११ दोभान बस्ने १७ बर्षीय रोमन मगर को सोही प्रतिष्ठानमा नै उपचार भई रहेको प्रहरीले जानकारी दियो । सोही दुर्घटनामा परेकालाई उद्दार गर्ने क्रममा जिल्ला ट्राफिक कार्यालय उदयपुरमा कार्यरत प्रहरी बरिष्ठ नायव निरिक्षक लोकबहादुर दियालीले क्रममा लडेर बाँया हातको हडी चर्कीएर घाइते भएकोले गाईघाट जिल्ला अस्पतालमा उपचार भइरहेको जानकारी दिएको छ ।




