
पथरी । चोरी मुद्धा लागेर फरार रहेका एक युवालाई प्रहरीले पक्राउ गरि कारागार चलान गरेको छ । बिराटनगर महानगरपालिका–९ का २९ बर्षीय मोहम्मद आलम मियाँलाई कारागार चलान गरेको हो । चोरी मुद्दामा जिल्ला अदालत मोरङले २०७९ असोज ५ गते सजाय निर्धारण फैसला आदेशले १७ दिन कैद सजाय र १० हजार रुपैया जरिवानाको फैसला गरेको थियो ।
उनलाई अदालतमा दाखिला गरेकोमा कैद भुक्तानको लागि मोरङ कारागार पठाएको प्रहरीले जानकारी दिएको छ ।




