पथरी । म्याङ्लुङ नगरपालिका–७ स्थितमा ट्रकको ठक्करबाट सहचालकको मृत्यु भएको छ । ताप्ली गाउँपालिका–४ उदयपुरका २५ बर्षीय दिपक राउतको मृत्यु भएको हो ।
मंगलबार बिहान प्रदेश नम्बर १–००२–००२ ख ८४५१ नम्बरको ट्रकबाट किराना पसलको सामान झार्ने क्रममा सह–चालक राउतलाई ट्रकको पछाडिको भागले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
ट्रकको ठक्करबाट घाईते भएका राउतको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा मृत्यु भएको थियो । घटनामा संलग्न ट्रक र चालक खगेन्द्र कोइरालालाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया