एजेन्सीं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको दुई छोरीहरु मानरिया वोरोत्सोभा र क्याटरिना तिखोनोभालाई अमेरिकाले प्रतिबन्ध लगाएको छ ।
१९८५ मा जन्मिएकी वोरोत्सोभा एक एन्डोक्राइनोलोजिस्ट र एक मेडिकल कम्पनिकी मालिक र १९८६ मा जन्मिएकी तिखोनोभा शिक्षा र व्यापार लगानी गरेकी उनिहरुलाई प्रतिबन्ध लगाएको हो । तिखोनोभा प्रतिभाशाली डान्सर अन्तर्राष्ट्रिय रक एण्ड रोल प्रतियोगितामा सहभागिता जनाउदै आएकी थिइन ।
अमेरिकाले लगाएको यो प्रतिबन्धपछि पुटिनको छोरीहरु सहित प्रधानमन्त्री मिखाइल मिशुस्तिन, पूर्व राष्ट्रपति दिमित्री मेतभेदेव, रुसी विदेशमन्त्री सर्गेइ लाभरोभकी श्रीमती र बच्चाहरु, र रुसी सुरक्षा परिषदका सदस्यहरुलाई पनि प्रतिबन्ध लगाएको छ । अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुका उल्लेख गरे अनुसार अनुसार रुसका दुई ठूला बैंकहरु स्परबैंक र अल्फा बैंकलाई पनि प्रतिबन्ध लगाएको छ ।






