पथरी । बिजुलीको पोलमा छुदा करेन्ट लागेर वर्ष २८ पार्वती बिश्वाकर्माको मृत्यु भएको छ । त्रियुगा नगरपालिका १५ ज्यामिटारमा करेन्ट लागेको अवस्थामा पार्वतीलाई बचाउन खोज्दा रुपेश बिश्वाकर्मा घाइने भएका हुन ।
बिहान साढे १० बजे आफ्नै बारीमा कोदो टिप्ने क्रममा विजुलीको पोलमा छुन पुग्दा पार्वतीलाई करेन्ट लागी घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मृतक पार्वती र रुपेश श्रीमान श्रीमती रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया