
पथरी । प्रहरीले लागु औषध सहिध ४ जनालाई नियन्त्रणमा लिएको छ । शनिवार अपरान्ह ४ बजे प्रहरी चौकी बखरीबाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर महानगरपालिका–१२ मा चेकजाँचको क्रममा ईटहरी उप–महानगरपालिका–१६ का मनिष राईको साथबाट एभिल २६ डाइजीपाम टवन्टी, डाइजीलाम फइभ स्टीकर नभएको नभएको – २५ एम्फुल सहित प्रहरीले नियन्त्रणमा लिएको हो । भारतबाट नेपाल तर्फ आउदै गरेको को २ ह ५१९३ नम्बरको अटो भित्र नाईट्राभेट– ५० ट्याप्लेट फेला पारी चालक बिराटनगर– १२ का ३३ बर्षीय महेन्द्र कामत, अटोमा सवार ईटहरी–३ का २५ बर्षीय अभिषेक परीयार र सुन्दरहरैचा–१० का २३ बर्षीय दिपेश थापालाई पक्राउ गरेको हो ।




