
पथरी । अरुण गाउँपालिका–३ भोजपुरका वर्ष ३७ पूर्णबहादुर राई भरूवा बन्दुक सहित पक्राउ गरेको छन ।
बाँदर खेदनको लागी पक्राउ परेका पूर्णबहादुर बन्दुक पडकाउदा छर्राले लागेर सोही ठाउँका वर्ष २३ का पारुहाङ राई घाइते भए पछि पूर्णबहादुरलाई पक्राउ परेका हुन ।
स्थानिय मालिका सामुदायिक वनको छेउको बारीमा बाँदरलाई लखेट्न बन्दुक पडकाउदा पारुहाङ घाइते भएको स्थानियले बताएको छ । बन्दुकको छर्राले घाइते भएको सुचना प्राप्त हुनासाथ प्रहरी चौकी प्याउलीबाट खटिएको प्रहरीले पूर्ण बहादुरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।
घाइते भएका पारूहाङलाई थप उपचारको लागी विराटनगर पठाइएको जानकारी प्रहरीले दिएको छ ।




