पथरी । झापा र मोरङको छुट्टा छुट्टै दुई स्थानहरुमा सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।
मे २ प २१५७ नम्बरका मोटरसाईकल चालक मिक्कलाजुङ–७ मोरङका ३८ बर्षीय नरेन्द्र सेलिङको उपचारको लागि लाईफलाईन अस्पताल दमक तर्फ लाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।
कमल गाउपालिका–५ लवडाँडा स्थित राजमार्गमा प्रदेश १–०१–०१६ प २०९४ नम्बरको स्कुटर र बिपरित दिशाबाट जाँदै गरेको मे २ प २१५७ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा प्रदेश १–०१–०१५ प ७४८७ नम्बरको स्कुटर समेतलाई ठक्कर दिएको थियो । मोटरसाईकलमा सवार शिवसताक्षी–९ का २४ बर्षीय मनोज लिम्बुको लाइफ लाइन अस्पताल दमकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यसै गरि मोरङको उर्लाबारी नगरपालिका–७ स्थित इटहरी सडक खण्डमा प्रदेश १–०२–०४२ प ८४०४ नम्बरको स्कुटरले ठक्कर दिदा घाईते भएका पैदल यात्री ६५ बर्षीय खड्का बहादुर लिम्बुको उपचारको क्रममा बि एण्ड सि अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । घटनामा संलग्न ठक्कर दिने स्कुटर चालक ईलामका ३५ बर्षीय सन्तोष लिम्बु, ओखलढुङ्गाका २४ बर्षीय तेजराज कटुवाल र मोरङका १८ बर्षीय उत्तम कार्कीलाई प्रहरीले नियन्त्रणमा छन ।

तपाईको प्रतिक्रिया