
पथरी । नेपाल प्रहरीको १ प्रदेश प्रहरी श्रीमती संघको सकृयता सिलाई बुनाई तालिम उदघाटन भएको छ ।
नम्बर प्रदेश प्रहरी कल्याण कोषको लगानीमा सिलाई बुनाई तालमि १० औ समुहको समुद्घाटन भएको हो । आज बिहिबार दिउँसो आयोजति एक बिशेष कार्यक्रममा प्रमुख अतिथी प्रदेश प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती कल्पना गिरीले बिधवित रुपमा उद्घघाटन गरेका थिए ।
तालिममा नेपाल प्रहरीका बहालवाला, पुर्व तथा अमर र अशक्त प्रहरी परिवारका आश्रीत परिवारहरुको सहभागतिा रहेको छ । ६ महिना अवधीको सिलाई बुनाई तालमिमा ११ जनाको सहभागीता रहेको प्रदेश प्रहरी कल्याण कोषका सदस्य सचवि प्रहरी निरीक्षक टकिाराम राईले बताए ।
तालमिको समुद्घाटन गर्नु हुँदै प्रमुख अतथिी श्रीमती कल्पना गिरीले यस किसिमको सिपमुलक तालिमले नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीका आश्रीत परिवारमा सिपको बिकास भई आर्थिकोपार्जनमा टेवा पुग्ने बश्विास लिइएको बताए ।
कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघका पदाधीकारीहरु, प्रहरी अधकिृत तथा अन्य प्रहरी कर्मचारीहरु र तालिममा सहभागतिा हुने प्रहरी परिवारहरुको समेत उपस्थीति रहेको थियो ।




