पथरी । मोरङ क्षेत्र न. ३ (क) बाट प्रदेशसभा सदस्य मानबहादुर लिम्बु अहिले जनताको घरदैलोमा पिर मर्का बुझदै बाटो पुल पुलेसाको योजना संकलन गर्न ब्यास्त छन ।
पथरीशनिश्चरे नगर पालिकाको १० वटा वडाहरुमा योजना संकलनको काम गरिरहेको हो ।
नेपाली कांग्रेसको पथरीशनिश्चरे नगर सभापति रुपनारायण भट्टराई, कांग्रेस नेता नगेन्द्र सुब्बा, संचारकर्मी सुमन बिक सहितलाई लिएर खोला पहिरो, सडक, पुल, कल्र्भट निर्माणको लागी अनुगमन गर्न भेटिन्छन ।
जिताएर पठाए पछि माननियहरु जनताको घर फर्किएर आउदैनन् भन्ने मनोबिज्ञानलाई चिर्न मानबहादुर लिम्बु प्रत्येक टोलमा भएका समस्यालाई सम्बोधन गर्न हिडिरहेको नेपाली कांग्रेस पार्टीको पथरीशनिश्चरे नगर सभापति रुप नारायण भट्टराईले बताए ।
अवलोकन र अनुगमन गरिएका सबै स्थानहरुमा यस वर्षनै सबै काम सम्पन्न गर्ने भन्दा पनि अति आवश्यक स्थानहरुमा काम गरेर जाने योजना रहेको सभापति भट्टराई बताउछन ।
यस वर्ष कति गर्ने र आउने वर्षहरुमा विकास निर्माणलाई निरन्तरता दिएर लाने बताए ।

तपाईको प्रतिक्रिया