पथरी । भोजपुरको टेम्के मैयुङ गाउँ पालिका वडा न. १ तिम्मा क्षेत्री गाउँका भिमबहादुर खत्रीलाई बचाउने अभियानमा सहयोग संकलनको अगाडी बढाइएको छ ।
दुबै मृगौलाले काम गर्न छाडे पछि अहिले विराटनगरको नोवेल मेडिकल शिक्षण अस्पतालमा उपचाररत दाहाल बचाउन बैदेशिक रोजगारीमा रहेका खेमराज खत्री सहितको टिमले अभियान सञ्चालन गर्दै आर्थिक सहयोग संकलन सुरु गरेको हो । बिरामी खत्रीको उपचार गर्नको लागी परिवारीक अवस्था नाजुक भएको र उपचारको लागी ल्याएको रकम सकिएको हुनाले भिमबहादुर खत्री बचाऔं अभियान सञ्चालन गरेर आर्थिक सहयोग संकलन अभियान सञ्चालन सुरु गरिएको अभियान्ता खेमराज खत्रीले जनाए ।
अभियानका लागी प्रथम पटक खेमराज खत्री हाल मलेसियाबाट १५ हजार रुपैयाँ, सुदिप खत्री हाल भारतबाट ५ हजार रुपैयाँ अधिक तामाङ हाल मलेशियाबाट ३ हजार रुपैयाँ र रामजी खत्रीबाट ५ हजार रकम सहयोग संकलन भएको अभियान्ता खत्रीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया