पथरी । प्रहरीले धरान उपमहानगर पालिका १३ बाट १७ किलो गाँजा सहित पर्शुराम गुरुङ पक्राउ परेका छन ।
आइतवार रातिको समयमा प्रहरी टोलीले धरान १३ वर्ष ४७ का पर्शुराम गुरुङलाई पक्राउ गरेको हो ।
गुरुङको घरमा खानतालसी गर्दा घरमा को १ ह १८५६ नम्बरको अटो टेम्पोमा लुकाई छिपाई राखेको १७ किलो २०० ग्राम गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय धरानले जनायो । लागुऔषध गाँजा सहित पक्राउ परेका गुरुङको इलाका प्रहरी कार्यालय धरानमा राखेर अनुसन्धान भईरहेको गरिरहेको छ ।

तपाईको प्रतिक्रिया