
पथरी । लागुऔषधमा प्रयोग हुने सुई र टयाबलेट सहित एक जना महिलालाई पक्राउ गरेको छ ।
बिराटनगर महानगरपालिका–१५ को हुलास चोकबाट फिदिम नगरपालिका–४ पाँचथरकी वर्ष २० एन्जिला सुजीलाई पक्राउ गरेको हो ।
सुजीलाई चेकजाँच गर्दा उनको साथबाट लुपिजेसिक–३ एम्पुल, डाइजोपाम–३ एम्पुल ,फेनारागन–३ एम्पुल, एभिल–३ एम्पुल, नाइट्राभेट– ३० चक्की, सुई–३ थान र स्पास्मो प्रोक्सिवन–२ चक्की सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सुजीलाई ईलाका प्रहरी कार्यालय रानीमा राखेर कारबाहीको लागी तयारी गरिएको प्रहरीले जानकारी दिएको छ ।




