पथरी । प्रदेश न. १ को प्रहरी प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवाली कार्यालय आएका छन ।
नेपाल सरकारको गृह मन्त्रालय स्तरको पौष २९ गते बसेको बैठकको निर्णयानुसार साईबर ब्यूरो भोटाहिटी काठमाण्डौमा कार्यरत ज्ञवालीलाई प्रदेश न. १ को जिम्मेवारी दिएसंगै कार्यालयमा हाजिर भएका हुन ।
प्रहरी नायव महानिरीक्षक ज्ञवाली बुधबार (आज) बाट नै कार्यभारको जिम्मेवारी लिएको प्रदश न. १ का प्रहरी कार्यालयको सुचना अधिकारीले जानकारी दिएको छ ।
प्रदेश न. १ को जिम्मेवारी सम्हालन् आएका ज्ञवाली अपराध अनुसन्धान, प्रहरी अपरेसन, कुशल नेतृत्व प्रदान गरी गरेको प्रहरीवृतमा चर्चा हुने गरेको छ ।

तपाईको प्रतिक्रिया