
पथरी । प्रहरीले ५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर सहित ३ जना युवाहरुलाई पक्राउ गरेको छ ।
आइतबार बेलुका साढे ६ बजे ईलाका प्रहरी कार्यालय बुधबारेको टोलीले ब्राउन सुगर सहित प्रदेश १–०१–००२ ह ३५६ नम्बरको अटो सहित पक्राउ गरेको हो ।
प्रहरीलेअटो चालक वर्ष २४ अजय तामाङ, अटोमा सवार वर्ष १९ संदेश राई र वर्ष २० सन्तोष राजबंशीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय धुलबारीमा राखेर कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ ।




