पथरी । सुनसरी इनरुवा, राम्धुनी नगरपालिका ८ का विक्रम आचर्यको बैदेशिक रोजगरीको सिलसिलामा मृत्यु भएको छ ।
वैदेशिक रोजगारको लागी पाँच बर्ष अघि मलेसिया पुगेका आचार्यको हिजो आइतबार सुतेकै अवस्थामा मृत्यु भएको हो ।
नेपालबाट साम्झौता गरेर गएको कम्पनीले काम राम्रो दिन नसके पछि कम्पनी छाडी अबैध रुपमा लुकेर काम गर्दै आएका उनलाई चिन्ने साथी अविरल क्षेत्रीले जानकारी दिए ।
मृतक आचार्य मलेसियाको क्वालालाम्पुर क्षेत्रमा सेक्युरिटी गार्डको रुपमा कार्यरत रहँदै आएका गर्थे । मलेसियाबाट अविरल बहादुर क्षेत्रीले दिएको जानकारी अनुसार आचार्यको हिजो सुतेकै अवस्थामा मृत्यु भएको छ ।
मृतकको शव नेपाल ल्याउन समस्या हुनसक्ने हुँदा सम्बन्धित पक्षले मलेसियास्थित नेपाली दुतावाससंग समन्वय गरिदिन नेपाल सरकारलाई अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया