
पथरी । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवालीले आज सोमबार सिमा नाकाको अवलोकन भ्रमण गरेका छन ।
प्रदेश न. को झापा जिल्लालाई भारतसंग जोडिएको सिमा नाका क्षेत्र अवलोकन गरेका हुन ।
नेपाल भारत सिमा नाका काकरभिट्टा एरियाको सिमावर्ती क्षेत्रको निरीक्षण भ्रमण सम्पन्न गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरका सुचना अधिकारीले जानकारी दिएका छन ।
सिमावर्ती क्षेत्रहरुबाट हुने चोरी तस्करी, निकाशी नियन्त्रणको लागी प्रभावकारी रुपमा प्रहरी परिचालन गर्ने उदेश्य भ्रमण गरिएको जनाइएको छ ।
प्रदेश प्रहरी प्रमुख ज्ञवालीले आफना माताहतका यूनिटहरुलाई कडाइ गर्ने आवश्यक निर्देशन समेत दिएका थिए ।




