
पथरी । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–४ रमितेमा मोटरसाईकल दुरघटना हुँदा चालकको मृत्यु भएको छ । मंगलवार दिउँसो सोलुखुम्बुको काकुँबाट बासा तर्फ जाँदै गरेको बा. ४४ प २६१९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय २१ बर्षीय हेम कुमार राईको मृत्यु भएको हो ।
मृतक राईको उपचारको क्रममा प्राथामिक अस्पताल खास्ताबमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ ।




