पथरी । जंगली हात्तीको आतंक बढेपछि हात्तीलाई तर्साउन थापेको करेन्ट धरापमा परेरे एक जनाको मृत्यु भएको छ ।
झापाको बिर्तामोड नगरपालिका–७ बाह्रघरेका ४९ बर्षीय खेम श्रेष्ठको करेन्ट धरापमा परि मृत्यु भएको हो ।
हात्तीबाट बच्नको लागी घर परिपरि करेन्ट फिट गरेर सुतेको र राती करिब ११ः३० बजेको समयमा पिसाव गर्न बाहिर निस्कदा उनैले थापेको धरापमा परि घाइते भएका थिए ।
घाइते अवस्था रहेको श्रेष्ठलाई परिवार स्थानियले उद्धार गरि उपचारको बर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनायो ।

तपाईको प्रतिक्रिया