पथरी । जिल्ला प्रहरी कार्यालय खोटाङको १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक श्याम लाल ज्ञवालीले निरिक्षण गर्ने कार्यक्रम सम्पन्न भएको छ ।
आज आइतबार निरीक्षण भ्रमणको क्रममा प्रहरी नायव महानिरिक्षक ज्ञवालीले कार्यालयका सम्पुर्ण शाखाहरुको निरीक्षणको क्रममा नागरिकको शान्ती सुरक्षा ध्यान दिदै आवश्यक निर्देशन दिदै निरिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम राख्ने तथा समय समयमा छोटो तथा लामो गस्ति निकाली अपराधिक गतिबिधिहरु हुन गर्न नपाउने गरी सुरक्षा ब्यवस्था मिलाउन निर्देशन दिएका थिए ।
प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई प्रहरी संगठनको गरिमा बढाउने कार्यमा सदैव लागि पर्न र नागरिक र प्रहरी बिचको सम्बन्ध सुमधुर बनाउदै बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न समेत निर्देशन दिए ।
सोही क्रममा जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक मन्जिल मुकारूङले खोटाङ जिल्लाको समग्र बस्तु स्थितिको बारेमा प्रदेश प्रहरी प्रमुखलाई अवगत गराएका थिए ।

तपाईको प्रतिक्रिया