
पथरी । प्रहरीले ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका–३ र बिर्तामोड नगरपालिका–४ स्थित उनिहरुलाई पक्राउ गरेको हो ।
बुधबार इलाका प्रहरी कार्यालय सुरुङ्गा शिवसताक्षी नगरपालिका–८ वर्ष २६ का मदन बिश्वकर्मा, कनकाई नगरपालिका–४ वर्ष ४१ बासुदेव भेटवाल २ ग्राम ३६० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको जनायो ।
यस्तै गरि राजबिराज नगरपालिका–७ सप्तरीका वर्ष ३५ मो. नसिम र सखुवानकरकट्टी गाउँपालिका–२ सिरहाका वर्ष २० शिवशंकर यादबको साथबाट १२ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको जनायो ।
नसिम र यादबले प्रयोग गरेको स.६ प ५६११ नम्बरको मोटरसाईकल पनि नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय झापाले जनायो ।




