
पथरी । टिङपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । कटहरी गाउँपालिका–७ तकिया रोड मोरङमा आज दिउँसो ११ बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको प्रदेश १–०२–००१ क ३८९ नम्बरको टिफरले बिपरित दिशाबाट आउदै गरेको को २२ प ७८२३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालको मृत्यु भएको हो । ग्रामथान गाउँपालिका–६ मोरङ वर्ष ३३ पप्पु सहनीको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घटनामा संलग्न ठक्कर दिने टिफर र चालक जिल्ला काभ्रे पाँचखान नगरपालिका–६ वर्ष ५९ का श्यामबहादुर मगरलाई प्रहरी नियन्त्रणमा छन ।




