
पथरी । ४४ ग्राम ब्राउन सुगरसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । मेचीनगर नगरपालिका–६ झापाबाट ४४ ग्राम ब्राउन सुगर सहित ईलाम नगरपालिका–१२ बर्ष २४ सुजन बाला राईलाई बपक्राउ गरेको हो । आइतबार दिउसो लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरिएको प्रहरीले जनायो ।
उनलाई नियन्त्रणमा राखेर कानुनी कारबाहीको काम सुरु भएको प्रहरीको भनाई छ ।




