
पथरी । आइतबार विराटनगरमा पहिचान पक्षधरहरुको आन्दोलन माथी प्रहरी हस्तक्षेप बिरुद्ध जनता समाजबादी पार्टील बिरोध गरेको छ ।
आइतबार पार्टी अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेको प्रेश बिज्ञप्तीमा पहिचान र एतिहासिक पृष्ठभुमीको आधारमा पुन: नामाङकनको माग गर्दै भएको जनप्रर्दशनमा प्रहरीले दमन गरेको भन्दै बिरोध गरेको हो ।
प्रदेश सरकारले न्यायोचित ढंगले बार्ताबट समस्या समाधान गर्न माग गरिएको छ ।




