पथरी । सुकुना बहुमुखी क्याम्पसको आधिकारिक फेसबुक पेजबाट अश्लिील भिडियो प्रसारण भइरहेको छ ।
सुन्दरहरैचा नगरपालिका मोरङमा रहेको यस क्याम्पसको आधिकारिक फेसबुक पेजबाट अश्लिल भिडियो प्रसारण भइरहेको हो ।
क्याम्पसको फेसबुक पेज ह्याक गरेर २ वटा अश्लिल भिडियो निरन्तर प्रसारण भइरहेको क्याम्पस प्रमुख चन्द्रमणी राईले जानकारी दिए ।
क्याम्पस प्रमुख राईका अनुसार सम्बन्धित पक्षलाई खबर गरिसकेको जानकारी गराई सकेको बताए ।
इलाका प्रहरी कार्यालयका कार्यबहाक इन्र्चाज बरिष्ठ सहि लोकदर्शन देवकोटाका अनुसार क्याम्पसबाट आधिकारिक निवेदन आएपछि कारबाही अगाडी बढाउने जानकारी दिए ।

तपाईको प्रतिक्रिया