पथरी । कानेपोखरी लेटाङ सडक खण्डमा हिजो १३ गते बेलुका ७ बजे २ जना मानिस लुटिएको आशंकामा ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय लेटाङको अनुसार उनिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको हो । कानेपोखरी लेटाङ सडक खण्डको विचमा लेटाङ नगरपालिका ४ मोरङका खडगबहादुर श्रेष्ठ र लेटाङ नगरपालिका ६ की अप्सरा लिम्बुलाई लुटिएका थिए ।
लुटिएका पिडितहरुले इलाका प्रहरी कार्यालय लेटाङमा जाहेरी दिएका छन भने केके लुटिएको हो खुल्न बाँकी छ ।

तपाईको प्रतिक्रिया