
श्रमदान गर्न सहभागीहरुको तस्वीर
तिम्मा । रिमचिम देखी सुम्लीखा विचको सडक खण्डमा मर्मतको काम सुरु भएको छ । टेम्केमैयुङ गाउँपालिका वडा न. १ का सदस्य गणेश कोयी राईको नेतृत्वमा श्रमदानको माध्यमबाट मर्मतको काम सुरु गरेको हो ।
आफ्नो गाउँ, आफै बनाउ भन्ने नारा सहित साउन १ गतेबाट निरन्तर श्रमदान गर्न रिमचिम सेतिबगरबाट सुरु भएको वडा सदस्य कोयीले जानकारी दिए ।
हालसम्मा ३५ जनाले श्रमदान गरिसकेका छन । भोली साउन ४ गतेबाट श्रमदानमा आउने श्रमदाताहरुको तिम्मा न्युजमा नाम प्रकाशन गरिने छ ।




