
पथरी । टेम्केमैयुङ गाउँपालिका वडा न. १ भोजपुरको वडा अध्यक्ष नरबहादुर राईको नेतृत्वमा श्रमदान मार्फत सडक मर्मत कार्य भएको छ ।
आज साउन ५ गते शुक्रबार रिमचिम/सुम्लीखा सडक खण्ड अन्र्तगत रिमचिममा वडा अध्यक्ष राई सहित स्थानियहरु भेला भएर मर्मत कार्य सम्पन्न भएको हो ।
श्रमदान कार्यक्रममा वडा अध्यक्ष नरबहादुर राई सहित वडा सदस्यद्धय गणेश कोयी, जुना राई, रोशन राई, दिनेश राई, कमला राई, सन्तोष राई, रामकुमार राई, निरकुमार राई, जयकुमार राई सुशिल राई, सिर्जय राई, दिवाहाङ राईको उपस्थिती रहेको थियो ।
यस्तै गरि रामकाजी राई, प्रकाश राई, दिपेन राई, लगनबहादुर राई, देविन्द्र राई, विजय राई र होमराज राईले श्रमदानमा सहभागी भएको वडा सदस्य कोयी राई जानकारी दिए ।
श्रमदानमा सहभागी भएकाहरुलाई खाजाको ब्यवस्थापन पशुपति माबि रिमचिमका प्रधानध्यापक हर्कराज राईले गरेका थिए ।
श्रमदानमा सहभागीहरुले गित गाएर मनोरञ्जन गर्दै काममा सहभागी भएका थिए भने श्रमदान कार्य सुम्लीखासम्मा निरन्तर संचालन हुनेछ । श्रमदानमा सहभागीहरु र खाजा ब्यवस्थापकको नाम दैनिक रुपमा तिम्मा न्यूजमा प्रकाशन गरिने छ ।




