पथरी । टेम्केमैयुङ गाउँपालिका वडा न. १ भोजपुरको रिमचिम क्षेत्रमा आज शनिवार श्रमदान मार्फत सडक सफाई अभियान छैठौं दिन पनि निरन्तर सञ्चालन भएको छ ।
वडा न. १ को वडा अध्यक्ष नरबहादुर राईको नेतृत्वमा रहेको सफाई अभियान टिमले सडकको खाली खाल्डाखुल्डी पुर्ने तथा वर्षायाममा आएको पहिरोले भत्काएको बाटो मर्मत सम्भारको भएको हो ।
विगत ६ दिन देखी रिमचिम/सुम्लीखा सडकखण्ड सफाई अभियान सुरु गरेको थियो ।
शनिवार श्रमदान गर्न वडा अध्यक्ष नरबहादुर राई, वडा सदस्य गणेश कोयु, रामचन्द्र राई, सुदिप राई, महेन्द्र राई, मित्र राई, दिलकुमारी राई, सिताराम राई, जितकुमार राई, लगनबहादुर राई, दिनेश राई, रेखबहादुर बिक र नानुराम राई सहभागी भएका थिए ।
श्रमदाताहरुलाई खाजाको ब्यवस्थापनको लागी कविता राई हाल कुवेतबाट नगद १० हजार रुपैयाँ, केसरेपा र केसरेमा बाबुआमाको नाममा छोराबुहारी, बिष्णुराम र देविमाया राई हाल इटहरी सुनसरीले नगद ५ हजार रुपैयाँ प्राप्त भएको वडा सदस्य कोयूले बताए ।
भोली आइतबार बङखुवा खोलासम्मा काम गरेर केहीदिन पश्चात तिम्मा तर्फको सडक मर्मतकार्य अगाडी बढाउने तयारी रहेको वडा सदस्य राईको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया