
पथरी । टेम्केमैयुङ गाउँपालिका १ रिमचिम तर्फको बंखुवा खोलासम्मा सडक मर्मतको काम सम्पन्न गरेको छ ।
हिजो आइतबार टेम्केमैयुङ गा.पा. १ तिम्माका वडा अध्यक्ष नरबहादुर राई सदस्य गणेश कोयु , सन्तोष राई र जुना राई नेतृत्वको श्रमदान टोलीले रिमचिम तर्फको सडक मर्मत सम्पन्न गरेको हो ।
आइतबार ५४ जना श्रमदाताहरुले सडक मर्मतको काममा सहभागिता जनाएको थिए ।
अस्मीता राई, सहवीर बिक, भिमकर्ण राई, हिरादेवी राई, सम्झाना राई, धनबहादुर कार्की, सिताराम राई, मित्रा राई, गौरी कुमारी राई रामचन्द्र राई, दशरथ राई, धनबहादुर राई, नरभत्त राई, चत्तुरभत्त राई, दिवस राई, लगन बहादुर राई, अनिता राई, लोकबहादुर कार्की कुलबहादुर दाहाल, कुमारी कार्कीले श्रमदान कार्यक्रममा सहभागिता जनाए ।
यस्तै गरि हरिबहादुर कार्की, प्रबिण राई, महेन्द्र राई खडग बहादुर बिक, धर्मकुमार राई, निरकुमारी राई, बलाराम राई, सरोज राई, हर्कराज राई, पुष्पराज राई, नगिन्द्र कोयु, लक्ष्मी राई, प्रकाश राई, जीतकुमार राई, सुदिप राई, नरायणप्रसाद राई, दिलकुमारी राई, सजिना राई, सन्तकला राईको सहभागिता थियो ।
पंचकुमार राई, खडगबहादुर राई, दिनेश राई, हाङछा राई, सेतुराम राई, सत्यकला बिक, बिद्या राई, दिपेन राई, सत्यकुमार राई, निरकुमार राई, दिलकुमारी राई लगायत उपस्थित रहेको वडा सदस्य कोयुले जानकारी दिए ।
रिमचिमको सेतीबगर देखी सुम्लीखासम्माको सडक वर्षायामको कारण भत्कीएर यातायातको आवत जावतमा समस्या भएपछि मर्मत सम्भारको लागी “आफनो गाउँ, आफै बनाउ” भन्ने नारा सहित वडाले श्रमदानको आह्वान गरेको थियो ।
साउन १२ गतेदखी बंखुवा खोलाबाट तिम्मा तर्फको बाटो मर्मतको काम सुरु हुने वडा सदस्य कोयी जानकारी दिए । यसैगरी पाङखाङ, सावा, खम्बुखा हुदै सुम्लीखासम्माको सडक मर्मत श्रमदानको माध्यमबाट नै सम्पन्न गर्ने उदेश्य छ ।
श्रमदानमा सहभागिता जनाउने श्रमदाताको नामावली तिम्मा न्युजमा प्रकाशन गरिने छ ।




