
तिम्मा । टेम्केमैयुङ गाँउपालिका १ तिम्माको स्वास्थ्य शाखाले आँखा पाक्ने रोग र डेङगु सम्बन्धी रोग लाग्नबाट बच्ने सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
वडा न. १ मा तिम्मा रिमचिममा रहेको पशुपति माबि र तिम्मा माबिको बिद्यार्थीहरुलाई यो रोगबाट बच्ने उपाय लागीहालेमा स्वास्थ्य र खानपिनको विषयमा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
स्वास्थ्य चौकी तिम्माका प्रमुख तथा अहेब राजकुमार कार्की नर्स प्रकृती बन्जराले यस कार्यक्रमको सहजीकरण गरेका थिए ।
कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक हर्कराज राई सहित शिक्षक शिक्षिका विद्यार्थीहरुको सहभागिता रहेको जानकारी स्वास्थ्य चौकि प्रमुख कार्कीले जानकारी दिए । हालसम्मा भोजपुरमा ६४ जनामा डेङगु संक्रमण भइसकेको छ ।





