टाँटी । मिक्लाजुङ गाउँपालिका वडा न ४, ५ र ६ को संयुक्त आयोजना, अस्थायी प्रहरी चौकी टाँडिको सहजीकरणमा युवाहरुलाई लक्ष्यित गर्दै लागु औसध विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार सिंहदेवी आधारभुत बिद्यालय परिसरमा स्थानीय युवा तथा विद्यार्थीहरुको उपस्थितिमा कार्यक्रम सप्पन्न गरिएको हो ।
कार्यक्रममा पछिल्लो समय अत्यधिक युवाहरूले लागु औसध सेवन गर्दै आएको र यस्को निर्मुल गर्न सकिने उपाय बारेमा अस्थायी प्रहरी चौकीका हवल्दार गणेश बि.क ले सहजीकरण गरेका थिए ।
वडा न ५ वडा अध्यक्ष रुद्र लिङ्देन को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बुद्धिजीवी तथा समाजसेवीहरु याम श्रेष्ठ,डुमेश राई, डिकबहादुर श्रेष्ठ, इन्द्र श्रेष्ठ, बबि राई, देबेन्द्र राई, मनोज ढकाल, टेकबहादुर रुचाल, शुभकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी लिङ्देनले युवाहरुले नै समाज परिवर्तनमा जोड दिनुका साथै यस कार्यक्रमले लागु औसधमा फसेका स्थानीय युवालाई बच्न मद्दत गर्ने बताए ।

तपाईको प्रतिक्रिया