
तिम्मा । टेम्केमैयुङ गाउँपालिका २ छिनामाखुमा बुलेरो दुरघटना हुदा ११ जना घाइते भएका छन । हिजो साउन २७ गते शनिवार ४ बजेको समयमा काठ्माडौँबाट भोजपुर आउदै गरेको वोलेरो छिनामखुको सिर्दलीमा दुरघटना हुदा ११ जना घाइते भएको हाृ ।
१ ज ६८१६ नम्बरको वोलेरो घाईते हुनेमा भोजपुर नगरपालिका वडा नं ७ बस्ने वर्ष ४९ सिराज शर्मा लुईटेल, ईलाम माङसेवुङ १ बस्ने वर्ष ३० को सुरेन्द्र राई र मोरङ सुन्दरहरैचा ५ वस्ने वर्ष २४ का निशान राई गम्भीर घाईते भएको प्रहरीले जानकारी दियो ।
टेम्केमैयुङ गाउँपालिका ६ का चालक वर्ष २७ का अहिर प्रधान, भोजपुर नगरपालिका ६ वर्ष ३० का नविन राई, भोजपुर नगरपालिका ४ वर्ष ४४ का पूर्ण प्रधान, वर्ष १९ का सन्ध्या प्रधान, वर्ष ३३ का कौशल हिमाङ, धनकुटा नगरपालिका ७ वर्ष ३१ का टेकेन्द्र राई, झापा शिवसतासी २ वर्ष ३१ का लोक बहादुर तामाङ र टेम्केमैयुङ गाउँपालिका वडा नं ७ वर्ष २५ को सुनिल प्रधान सामान्य घाईते भएका थिए ।
घाईतेहरुको जिल्ला अस्पताल भोजपुरमा उपचार भईरहेको जिल्ला जानकारी प्रहरीले दिएको छ ।




