
पथरी । सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजना र नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिल बिराटनगरको प्राबिधिक सहयोगमा ३ दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।
भरौलमा स्थापित महेन्द्र मा. बि.मा संचालन भएको शिविरमा ९ सय जना भन्दा बढी बिरामीले सेवा लिएका थिए ।
शिविरमा जेनेरल मेडिसिन, छाला रोग, स्त्री तथा प्रसुती रोग, जनरल सर्जरीमा, हाड जोर्नी, नाक कान घाँटीमा, बाल रोगमा, दन्त रोगमा, आँखा परीक्षण गरिएको थियो ।




