
पथरी । किरात राई यायोक्खा जिल्ला कार्य समिति मोरङले निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।
किरात राई कर्मचारी संघ मोरङका अध्यक्ष समिता राईको प्रस्तावमा लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने निर्ण भएको हो ।
किराया मोरङका सचिव कासीहाङ राईले जानकारी दिए अनुसार अब चाँडै लोकसेवा तयारी कक्षा संचालन गर्र्ने बताए ।
बिहिबार किरात राई यायोक्खा मोरङका अध्यक्ष केदार चाम्लीङ राईको अध्यक्षतामा भएको बैठकले असोजबाट कोशी प्रदेश नाम पुन:नामाङकन गर्ने आन्दोलनलाई बृहत बनाउने समेत निर्णय गरेको थियो ।
पथरीको साकेला थानमा आयोजित बैठकमा किरात राई यायोक्खा केन्द्रिय कार्य समितिका उपमहासचिव अर्जुन जम्नेली राईको उपस्थिती रहेको थियो




