
पथरी । भुजेल समुदायको युवा र महिलाहरु संगठित गरेर मोरङ जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ ।
जातिय तथा भाषिक संस्थाको रुपमा रहेको भुजेल समाज सेवा समन्वय समिति मोरङले आफनो भातृ संस्था रुपमा युवा र महिला समिति गठन गरेको हो ।
शनिबार पथरीशनिश्चरे–१० स्थित सिरिजंगा धार्मिक स्मृति वनको भवनमा भएको जिल्ला अधिवेशन सम्पन्न गरेको थियो ।
भुजेल महिला समाज सेवा समितिको अध्यक्ष मिना भुजेल उपाध्यक्ष रेखा भुजेल, सचिव मन्जु भुजेल, सह–सचिव अनिता भुजेल र कोषाध्यक्ष कल्पना भुजेल सर्वसम्मत चयन भए ।
सदस्यहरु बिमला भुजेल, मन्दिरा भुजेल, अनु भुजेल र केञ्जल भुजेल रहेका छन ।
भुजेल युवा समाज सेवा समितिको अध्यक्ष बिनोद भुजेल उपाध्यक्ष पुस्कर भुजेल, सचिव पुष्प भुजेल, सह–सचिव उषा भुजेल र कोषाध्यक्ष खगेन्द्र भुजेल सर्वसम्मत चयन भए ।
सदस्यहरुमा दिपेस भुजेल, अन्जना भुजेल, रोसन भुजेल भए । अन्य सदस्यहरु थप्दै लगिने जनाइएको छ ।
कार्यक्रममा पथरीशनिश्चरे नगरपालिका उपप्रमुख देवीमाया काफ्लेले निर्वाचित दुवै समितिलाई बधाई तथा शुभकामना दिएकी थिइन । विशिष्ट अतिथिहरु भुजेल समाज सेवा केन्द्रिय वरिष्ठ उपाध्यक्ष राजकुमार भुजेल, केन्द्रिय उपाध्यक्ष केशर खवास, केन्द्रिय सहकोषाध्यक्ष तिर्थ भुजेल, केन्द्रिय सदस्य भुपाल खवास, वडा नं १ का वडा अध्यक्ष भिम राई लगाएतले शुभकामना मन्तव्य दिएका थिए । भुजेल समाज सेवा समन्वय समिति मोरङका अध्यक्ष भवानी भुजेलको अध्यक्षतामा भएको जिल्ला अधिवेशनको कार्यक्रम संचालन सचिव युवराज भुजेलले गरेका थिए ।




