
पथरी । राष्ट्रिय युवा संघ नेपालको कोशी प्रदेश सम्मेलनमा किरात राई समुदायले बहिस्कार गरेपछि अन्य समुदायले नै साकेला सिली नाचेका छन ।
शनिबार धरानमा सुरु भएको प्रदेश सम्मेलनमा समुदायगत रुपमा नाच्ने कलाकारले बहिस्कार गरेकोले अन्य समुदायका कलाकारहरुले नै साकेला नाचेको हो ।
स्थानिय कलाकारले प्रदेशको पुन: नामाङकन गरेर पहिचानको पक्षमा नराखेसम्मा पार्टीहरुको लागी पहिचान झल्कने गरि सास्कृतिक कार्यक्रम नगर्ने बिर्शिका राई बताइन ।




