
पथरी । डियूटीको शिलशिलामा रहेका सादा पोशाकका प्रहरीको खोसेको पेस्तोल सहित प्रहरीले एक ब्यात्तीलाई पक्राउ गरेको छ । भदौ २४ गते १० बजेको समयमा बुढिगंगा ४ पोठियाबाट रिजवान मियांलाई घरको छानामा लुकाएर राखेको पेस्तोल सहित पक्राउ गरेको हो ।
भदौ २२ गते इलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट ड्यूटीमा खटिएको सादा पोशाकको प्रहरी टोलीलाई आक्रमण गरी घाईते बनाई लुटी लगेको प्रहरीको चाईनिज पेस्तोल लुटेर लगेको थियो ।
डियूटी रहेको बेला आक्रमण गरि प्रहरीको हतियार खोस्ने समुहका
दुहवी नगरपालिका ४ बर्ष ३२ का नसुदिन मियां, दुहवी नगरपालिका १ बर्ष ३० का मो.अलिम मुर्तुजा, बुढिगंगा गाउँपालिका वडा नं ४ मोरङ घर भएका बर्ष ४० रिजवन मियां, भारत घर भई हाल दुहवी नगरपालिका ६ सुनसरी बस्ने बर्ष ४० का मो. आलम
बुढिगंगा गाउँपालिका वडा नं ५ मोरङ घर भएका बर्ष २१ का मो. नजरूल मिया, सोही पालिका ४ बस्ने बर्ष २५ को सिजाम आलम (सिजाम मोबाईल सेन्टरको सञ्चालक) पक्राउ परेको प्रहरीले जानकारी दियो ।
पक्राउ परेका उनिहरु संगठित अपराधमा जेल जीवन भोगेर निस्केकाहरु छन । रिजवान मिया २०६४ देखी २०७९ सम्म गरी जम्मा १० वटा अपराधमा संलग्न रहेकोमा मोरङ र सुनसरीबाट अनुसन्धान पश्चात अदालतमा मुद्धा दर्ता भएको प्रहरीले जानकारी दियो ।
उनलाई डाका र ज्यान मुद्धा, चोरी मुद्धा, हात हतियार खर खजाना, ज्यान मार्ने उद्योग लगायतका मुद्धामा अनुसन्धान भई निज २०७० सालमा हात हतियार मुद्धामा पुर्पक्षको लागि कारागार चलान भएको प्रहरीको भनाई छ ।
रिजवान मिया २०६४ सालको डाँका मुद्धा र २०६५ सालको डाँका ज्यान मुद्धाको फरार प्रतिवादी समेत रहेको प्रहरीले जानकारी दियो । पक्राउ परेका उनिहरुको साथबाट प्रहरीले
चाइनिज पेस्तोल सहित १ थान, कटुवा पेस्तोल १ थान, रड ३ थान
धारिलो हतियार चक्कु थान, भारतीय नम्बर प्लेटको बिआर ३८४७६८० को सुपरस्पेलन्डर मोटरसाइकल, को २२ प ५९०१ आर फिप्टीन मोरसाइकल, नेपाली नगद १ लाख ७५ हजार २ सय ७५ रुपैयाँ, भारतिय रुपैयाँ ११ हजार ६ सय रुपैयाँ बरामद गरेको हो ।
यस्तै सुनका गरगहना तथा अन्य सामग्रीहरु समेत नियन्त्रणमा लिएको प्रहरीको भनाई रहेको छ ।
उनिहरुलाई आवश्यक अनुसन्धान सहित कारबाहीको जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर कारबाही अगाडी बढाएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।




