
सुनसरी । राष्ट्रिय युवा संघ नेपालको कोशी प्रदेशको अधिबेशनले अरुण गुरुङको अध्यक्षतामा नयाँ नयाँ नेतृत्व चयन गरेको छ ।
शुक्रबार खुल्ला सत्र गरि शनिवार राती धरानको लाङघाली सामुदायिक वन उपभोत्ता समुहको सभाहलमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्वको चयन गरेको हो ।
युवा संघ मातहत रहेको युथ फोर्सको प्रमुखमा राजन बानियाँलाई चयन गरिएको छ । प्रवक्तामा मनोज रायलाई चयन गरिएको छ । गुरुङ, बानियाँ र राय सुनसरी भूगोलका नेताहरु हुन ।
कमिटीको उपाध्यक्षमा जयप्रकाश रायमाझी, सचिव विनोद राना, सहसचिव निरजमान सिंह बस्नेत र शरण फागो चयन हुनु भएको छ । कोषाध्यक्ष दीपेन्द्र घिसिङ तामाङ चयन भएका छ ।




