पथरी । टेम्केमैयुङ गाउँपालिका ७ का पण्डित वर्ष ५५ का केशव नेपालको पानीको ड्रममा डुबेर मृत्यु भएको छ ।
इटहरी उप महानगरपालिका मनकामना चौक स्थित पानीको ड्रममा डुबेर नेपालको मृत्यु भएको हो ।
जेष्ठ नागरिक मन्दिरमा पुजा गरि बस्ने पण्डित नेपालको आइतबार राती पानी ड्रममा मृत अवस्थामा भेटिएका थिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरी जानकारी दिए अनुसार रामधुनी नगरपालिका २ तित्रीवनमा गुलुम मन्सुरको १ वर्षिया छोरा मृत्यु भएको जनायो ।
मन्सुरको छोरा स्थानिय नहरमा डुबेर उपचारको लागी जिल्ला अस्पताल इनारुवा पुर्‍याउदा स्वास्थ्यकर्मीले मृत घोषित गरेका थिए ।

तपाईको प्रतिक्रिया