ताप्लेजुङ । मेरिङदेन गाउँ पालिका ६ बिप्लेटमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
बुधबार अपराह्न ४ बजेको समयमा चट्याङ लागेर वर्ष १६ का फुर्वा शेर्पाको मृत्यु भएको हो ।
चौरी गोठाला गई फर्कने क्रममा शेर्पालाई चट्याङ लागेको थियो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको अनुसार मृतकको पोष्र्टमार्टमको लागी कानुनी प्रक्रियाको काम सम्पन्न भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया