पथरी । लागुऔषध सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा धनकुटाको जोरपाटी गाउँपालिका ६ वर्ष ३३ नरेन्द्र खड्कालाई १ ग्राम ०३ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका थिए ।
ईलाका प्रहरी कार्यालय गौरीगंजको टोलीले शिवसतासी नगरपालिका ३ वर्ष २६ सुबास तामाङ र वर्ष ४० भिम प्रसाद तुम्बाहाम्फेलाई पक्राउ गरेको थियो ।
मे. ५ प ९१३५ न.मोटरसाईकल सवार उनिहरुको साथबाट १ ग्राम ४ सय मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया