पथरी । बिहिवार साँझ प्रहरीले ४ जनालाई ब्राउनसुगर सहित पक्राउ गरेको छ ।
सुन्दरहरैचा नगरपालिका ३ त्रिवेणी चोक मोरङबाट बिक्री बितरण भईरहेको अवस्थामा स्थानीय वर्ष ४८ नेत्र बिनोद भट्टराईलाई पक्राउ गरेको हो
भट्टराईको साथबाट ५१ ग्राम ६५ मिलिग्राम ब्राउनसुगर, डिजिटल तराजु १ थान र नगद ७ हजार सहित पक्राउ परेका थिए ।
अर्जुनधारा नगरपालिका ११ झापा गिरी बन्धु टि स्टेटको चिया बगानबाट ईटहरी १७ सुनसरी बस्ने वर्ष २६ का भुवन गिरी र बाह्रदशी गाउँपालिका झापाका वर्ष ३० का शुशिल तामाङ २१० मिलिग्राम लागुऔषध सहित पक्राउ परे ।
अर्जुनधारा नगरपालिका ११ बस्ने वर्ष ४० बिनोद प्रधानलाई १ ग्राम ८२० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया