झापा । बाह्रदशी गाउँपालिका ५ झापामा करेन्ट लागेर एक ब्यात्ती ज्यान गएको छ ।
वर्ष ४५ का गंगाराम गजमेरको करेन्ट लागेर मृत्यु भएको हो । बिहिवार दिउँसो अदुवा खोलामा पानी तान्ने मोटरको तारबाट करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका थिए । घाइते अवस्थामा रहेका गजमेरको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया