सुनसरी । धरानका मेयर हर्क साम्पाङले मैले भनेको नमान्ने भन्दै धरानका डीएसपी नवराज मल्ललाई सरुवा गरिदिन भन्दै गृह मन्त्रालयमा पत्राचार गरेका छन ।
मेयर साम्पाङ आफैंले हस्ताक्षर गरेर गृह मन्त्रालयमा पत्र पठाएका हुन । मेयर साङपाङले मंगलबार फेसबुकमा स्ट्याटस लेख्दै धरानका डीएसपी मल्लको आलोचना गरेका थिए ।
उनले सामाजिक संजाल फेसबुकमा गृहमन्त्रीलाई सम्बोधन गर्दै ‘हर्क साम्पाङ जस्तो देशभक्त कडक प्रमुख भएको नगरमा दबङ डीएसपी पठाइदिनु नत्र हामी आफैं आफ्नो सुरक्षा गर्न उचित तयारी गर्नेछौं’ भनेर लेखेका थिए ।

तपाईको प्रतिक्रिया