
सेलुखुम्बु । महाकुलुङ गाउँपालिका १ खिरौले सोलुखुम्बुमा भालुले अक्रमण गरेर १ जनाको मृत्यु भएको छ ।
हिजो भदौ ३० गते शनिवार दिउसो २ बजे घर छेउमा रहेको मकैबारी हेर्न जाने क्रममा स्थानीय ५५ बर्षिय पेम्बा अन्सु शेर्पाको भालुको आक्रमणको कारण मृत्यु भएको हो ।
शेर्पालाई जंगली भालुले आक्रमण गरी घाईते बनाएको र उपचारको लागी महाकुलुङ प्राथामिक अस्पताल बुङमा लानेक्रममा मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले शेर्पाको मृत्यु भएको पुष्टी गरेको छ ।




