दमक । ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ काकडभिट्टाको प्रहरी टोलीले झापाको अर्जुनधारा नगरपालिका ११ बसपार्क स्थितमा रहेको होटलबाट देशबाट एकजनालाई पक्राउ गरेको हो ।
भारत बिहार राज्य किसानगञ्ज जिल्ला पोराभिट्टा जिरनगाछ बस्ने वर्ष २१ का लाल मियाको साथबाट १ सय १८ ग्राम ७ सय १० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको थियो ।
ईलाका प्रहरी कार्यालय बुधबारे झापाबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ती गाउँपालिका ७ सुनमाई झापा बस्ने वर्ष २८ आषिश राई पनि पक्राउ गरेको छ ।
विशेस सुचनाको आधारमा राई सुत्ने कोठाको खानतलाशी गर्दा सिरानी मुनी २ ग्राम लागुऔषध ब्राउनसुगर भेटिएको थियो ।

तपाईको प्रतिक्रिया