पथरी । सुनसरीको इटहरी १२ मा छाडा छोडिएको साँढे गोरु दुरघटनामा परि मृत्यु भएपछि स्थानिय र जनप्रतिनिधीहरु मलामी गएर समाधिस्त गरेका छन । दुहबीका किसनलाल अग्रवालको पिकअप भ्यानले ठक्कर दिएर घाइते अवस्थामा रहेको उत्त गोरुको मृत्यु भएपछि राष्ट्रिय झण्डा सहित स्थानिय र जनप्रतिनिधी मलामी गएका हुन ।
मृत साँढेको शवलाई खनार स्थित बुढी खोलामा खाल्टो खनेर पुरिएको थियो । हिन्दु धर्मको मृत्यु संस्कार अनुसार अन्त्येष्टि गरिएको इटहरी उपमहानगर पालिका १२ का वडा अध्यक्ष भुवनराज पोखरेले बताए ।
साँढेको शवलाई पिकअप भेनमा राखेर भेनको साइटमा राष्ट्रिय झण्डा फहराउदै समाधिस्थलसम्मा लगिएको थियो ।

तपाईको प्रतिक्रिया