
विराटनगर । लागुऔषध ट्याब्लेट, ब्राउनसुगर र गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
त्रियुगा नगरपालिका १२ बस्ने वर्ष २० अंकित साह, उदयपुरगढी गाउँपालिका बस्ने ८ वर्ष ३० का उर्मिला खत्री, कटारी नगरपालिका ४ बस्ने वर्ष का २३ संजय मगर र बराहक्षेत्र नगरपालिका २ वर्ष २६ का सनम बिश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
जिप्रका उदयपुरको टोलीले त्रियुगा नगरपालिका ३ बसपार्कबाट ट्रामाडोल २० पत्ता र स्यासपेन्ट १८ पत्ता सहित आईतबार पक्राउ गरेको थियो ।




